Province 1 एकता युवा क्लब सेमिफाइनलमा
गोलनेपाल

दुहबी । एकता युवा क्लब, मोरङ यहाँ जारी प्रथम सोनापुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो क्वाटरफाइनलतर्फ एकताले बिराट स्पोर्टस एकेडेमीलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

दुहवी–८ सोनापुर स्थित स्थानीय खेलमेदानमा भएको खेलमा एकताका लागि आठौं मिनटमा संजय धिमाल र ७६औं मिनटमा रोमन भुजेलले गोल गरेका थिए । उता पराजित बिराट स्पोर्टसका लागि ७७औं मिनटमा नबिन चौधरीले एक गोल फर्काए तापनि टोलीलाई भने खेलमा फर्काउन सकेनन् ।

खेलमा एकताका संजय धिमाल म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी विश्वनाथ राईले नगद २ हजार र मेडेलसहित पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तरगत पौष २८ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल पुर्वाञ्चल युनाइटेड एफसी, मोरङ र दुहबी स्पोर्टस एकेडेमी, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।

मेमोरी युवा क्लब, दुहबी, सुनसरीको आयोजनामा जारी प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाईरहेका छन् । मारुती ग्यास उद्योग, दुहबी, सोनापुरको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने माघ ३ गतेका दिन हुनेछ ।

Post Comments