Province 1 नव कोपिला, अजम्बरी र फुल्पाको जित
गोलनेपाल

फिदिम । दोस्रो चासोक तङनाम कपको पुरुष फुटबलतर्फ नव कोपिला एफसी, अजम्बरी एफसी र फुल्पा युनाइटेड एफसीले जित हात पारेका छन् ।

कांसोरे खेलमैदानमा हुने भनिएको पहिलो खेलमा जेभाले फुटबल क्लब निर्धारित समयमा मैदानमा उपस्थित नभएपछि नव कोपिलाले वाकओभर पाउँदै जित दर्ता गरेको थियो ।

दोस्रो खेलमा अजम्बरीले पौवा भञ्ज्याङ एफसीलाई २–० ले हरायो । अजम्बरीका लागि निर्देश राई र प्रकाश राईले गोल गरे । खेलमा अजम्बरीका निर्देश राई म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै तेस्रो खेलमा फुल्पा युनाइटेडले पनि वाकओभर पायो । विपक्षी टोली खाम हेला एएफसी मैदानमा उपस्थित नभएपछि फुल्पालाई विजयी घोषित गरिएको थियो ।

त्यस्तै शनिबार नै भएको महिला फुटबलतर्फ याङनाङ एफसीले सुकेपोखरी एफसीलाई १–० ले हरायो । खेलमा कला राईको आत्मघाती गोल नै निर्णायक बन्यो । खेलमा याङनाम एफसीकै सोनम राई प्लेयर अफ द म्याच घोषित भईन । यो जितसँगै याङनाम सेमिफाइनलमा प्रवेश गर्न समेत सफल भयो ।

आनी साक्थिम क्लब, फिदिम, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको पुरुषतर्फ विजेताले १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँ प्राप्त गर्नेछ । महिलातर्फ विजेताले २५ हजार हात पार्दा उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।

 

Post Comments