Province 1 नमूना इण्डो–नेपाल च्यालेञ्ज कप हुने
रमेश समदर्शी
झापा । झापाको अर्जुनधारामा मंसिर अन्तिम सातादेखि नमुना सामुदायिक इण्डो नेपाल च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय फुटबल खेलाडी तथा खेलप्रेमीहरुको सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
 
अर्जुनधारा ९ स्थित नमुना सामुदायिक युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा भारतको टिमसहित ८ टिमले प्रतिस्पर्धा गर्ने आयोजक समितिका सदस्य दिवश गिरीले जानकारी दिए । स्थानीय युवा बुद्धिजीवी आरके महतराको अध्यक्षता तथा सुरेन गिरी सचिव रहेको आयोजक समितिले प्रतियोगिताको तयारी सुरु गरिसकेको सदस्य गिरीले बताए ।
 
प्रतियोगिता अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ र उपविजेताले ५१ हजार १११ रुपैयाँसहित ट्रफी पाउने छ । अर्जुनधारा अन्तर्राष्ट्रिय खेलाडी विशाल राई र देवेन्द्र तामाङको नगरक्षेत्र हो । प्रतियोगिताको प्रत्यक्ष प्रशारण गोल नेपाल डटकमबाट हुनेछ ।
 
 
 
 
 
 
Post Comments