Province 1 छथर गाउँपालिकालाई आत्मानन्द कपको उपाधि
गोलनेपाल

माङसेबुङ । यहाँ सम्पन्न प्रतिष्ठित १५औं आत्मानन्द कप नकआउट फुटबल प्रतियोगिताको उपाधि छथर गाउँपालिका, तेह्रथुमले जितेको छ ।

आत्मानन्द खेलमैदानमा उपाधि भिडन्तमा छथरले तिजोग युवा क्लब, पाँचथरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै छथर च्याम्पियन बनेको हो । छथरको जितमा मिलन लिम्बु र महेन्द्र कार्कीले गोल गरे । कार्की फाइनल खेलको म्यान अफ द म्याच समेत चुनिए ।

विजेता बनेको छथरले उपाधिसहित ३,११,१६९ रुपैयाँ हात पार्यो भने उपविजेता तिजोगले २,०५,१६९ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

आत्मा पवित्र हक्चात यक्चुम, माङसेबुङ, इलामको आयोजनामा भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments