Province 1 डागीहाट सेमिफाइनलमा प्रवेश
गोलनेपाल

दुहबी । डागीहाट युथ क्लब, मोरङ्ग यहाँ जारी दोस्रो सोनापुर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वाटरफाइनलतर्फ डागीहाटले गोल्डेन स्टार क्लब, सुनसरीमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।

दुहबी–८ स्थित सोनापुर प्लाटिङ्ग खेलमैदानमा भएको खेलको १४औं मिनटमा हर्षित चौधरीको गोलबाट गोल्डेन स्टारले खेलमा अग्रता लिएको थियो । तर २१औं मिनटमा विलसन गिरीले डागीहाटका लागि बराबरी गोल फर्काए । लगतै २९औं मिनटमा प्रविन राईले दोस्रो गोल थप्दै डागीहाटको जित पहिलो हाफ मै पक्का गरेका थिए ।

खेलमा डागीहाटका सुजन मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २४ सय र मेडल हात पारे । प्रतियोगिता अन्तरगत माघ २५ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक मेमोरि युवा क्लब, सुनसरी र धनकुटा फुटबल क्लब, धनकुटाबीच हुने आयोजकले जानकारी दियो ।

मेमोरी युवा क्लब, दुहबी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २८ गतेका दिन हुनेछ ।

Post Comments