Province 1 उत्कृष्ट जितका साथ आयोजक मेमोरी सेमिफाइनलमा
गोलनेपाल

दुहबी । उत्कृष्ट जित निकाल्दै आयोजक मेमोरी युवा क्लब, दुहबी–८, सुनसरी जारी दोस्रो सोनापुर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा मेमोरीले धनकुटा फुटबल क्लब, धनकुटालाई ४–१ को अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भएको हो । मेमोरीको जितमा भुवन बस्नेतले ह्याट्रिक गरे ।

दुहबी–८ स्थित सोनापुर प्लाटिङ्ग खेलमैदानमा भएको खेलको दशौं मिनट मै भुवन बस्नेतले पहिलो गोलको खाता खोले । २३औं मिनटमा डिम्माले त्यो अग्रता दोब्बर पारे । त्यस्तै अन्तिमतिर ७७औं मिनटमा भुवनले नै मेमोरीका लागि तेस्रो गोल गरे । लगतै इन्जुरी समयमा थप एक गोल गर्दै टोलीका लागि चौथो गोल गरे भने आफ्नो ह्याट्रिक पनि पूरा गरे ।

उता पराजित धनकुटाका लागि इन्जुरी समयमै सनम मगरले एक गोल फर्काए तापनि टोलीलाई हारबाट भने जोगाउन सकेनन् । खेलमा ह्याट्रिक गरेका मेमोरीका भुवन बस्नेत म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत माघ २५ गते बुधबारको पहिलो सेमिफाइनल खेल दमक फुटबल एकेडेमी, झापा र डागीहाट युथ क्लब, मोरङ्गबीच हुने आयोजकले जानकारी दियो ।

Post Comments