Province 1 सलमानको निर्णायक गोलले सतिसाले फाइनलमा
गोलनेपाल

बेलबारी । सतिसाले युनियन जारी माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा सतिसालेले लेटाङ फुटबल क्लबलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

नक्सलबारी खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलतर्फ सतिसालेका लागि ४०औं मिनटमा सलमान लिम्बुले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच भने सतिसाले कै तिर्थ बस्नेत घोषित भए । उनलाई बेलबारी नगरपालिका वार्ड नम्बर ३ का अध्यक्ष योगेन्द्र सुबेदीले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत पुष २९ गते बुधबारको दोस्रो सेमिफाइनल खेल डाँगीहाट फुटबल क्लब र बिराटनगर फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

नेपाल मगर संघ, बेलबारी–१ नक्सलबारी मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल माघ १ गतेका दिन हुनेछ ।

Post Comments