Province 2
शानदार जितका साथ एनआरटीलाई सिमरा गोल्डकपको उपाधि

सिमरा । शानदार जितका साथ १२औं जितपुर सिमरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि न्युरोडटिम (एनआरटी) ले जितेको छ ।
शनिबार सिमरा रंगशालामा सम्पन्न फाइनल भिडन्तमा एनआरटीले विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । एनआरटीको जितमा मेसुके ओलुमु र स्टेफन बिनङ्गले २–२ गोल गरे भने थप एक गोल दिपेश घलेले गरेका थिए ।
नव जनजागृति युवा क्लब, सिमराको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बनेको एनआरटीले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता एपिएफले ५ लाखमा चित्त बुझाउन बाध्य बन्यो ।
Post Comments
Related News
- प्रथम डुमरवाना भेट्रान कपको तयारी पूरा (खेलतालिकासहित)
- राष्ट्रिय यु–१९ खेलाडी समिर गृहजिल्लामा सम्मानित
- फ्रिडम फाइटर भेट्रान क्लबलाई तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटबल प्रतियोगिताको उपाधी
- तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल : आज अन्तिम सेमिफाईनल खेल हुने, पर्सा र कास्की भिड्दै
- तेस्रो सिमरा भेट्रान कपको तयारी पूरा (खेलतालिकासहित)