Province 3 एन पेनाङ चितवन गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

चितवन । एन पेनाङ एफसी मलेसिया तेस्रो चितवन गोल्डकपको सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ ।

आज (मंगलबार) भएको खेलमा विभागीय टोली एपिएफ फुटबल काठमाडौंलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै पेनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पेनाङको जितमा प्रताप राई र फागुराम थारुले दुई-दुई गोल गरे । उसले एक उपहार गोल पायो । एपिएफका लागी वुद्विमान राईले एक मात्र गोल गरे ।

खेलमा अग्रता भने एपिएफले लिएको थियो । तर पेनाङले एपिएफका हरि कार्कीको उपहार गोलमा बराबरी गरेपछि एपिएफविरुद्द पुरै दबाब बनायो । पेनाङको जितमा दुई गोल गरेका प्रताप राई केल्मी प्लेयर अफ दि म्याच भए ।

पेनाङले अब सेमिफाइनलमा एप्पल गुरु सूर्यपुर एफसीको सामना गर्नेछ । सूर्यपुर यसअघि ललितपुरे टोली सातदोबाटो युथ क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । त्यसअघि प्रतियोगितामा भोलि (बुधबार) पहिलो सेमिफाइनल खेल हुनेछ । पहिलो सेमिफाइनलमा भोलि आयोजक भरतपुर फुटबल क्लब बिएफसी र देवदह ब्वाईज रुपन्देही भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।

Post Comments