Province 3 शेर्पा र पुलिसको दोस्रो बराबरी
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा बुधबार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । जारी लिगमा यी दुवै टोलीको यो दोस्रो बराबरी पनि हो ।

दशरथ रंगशालामा भएको खेलको दोस्रो मिनट मै कप्तान विश्वास श्रेष्ठको गोलबाट शेर्पाले खेलमा अग्रता लिएको थियो । तर त्यो अग्रता शेर्पाले पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो । दोस्रो हाफको ६०औं मिनटमा सुमन लामाले पुलिसका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

बराबरी नतिजा निकालेका दुवै टोलीले २५–२५ हजार बोनस रकम पनि हात पारे । यो नतिजापछि ३ खेलबाट पुलिसको ५ अंक भएको छ भने शेर्पाको २ अंक मात्र छ ।

Post Comments