Province 3 राष्ट्रिय महिला फुटबल लिग स्थगित
गोलनेपाल

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण दरमा बृद्धि हुँदै गएपछि यसै महिनादेखि शुरु हुने भनिएको राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार आधिकारिक सूचना सार्वजनिक गर्दै यहि माघ १५ गतेदेखि शुरु हुने भनिएको राष्ट्रिय महिला लिग अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको हो ।

स्मरण रहोस, लिगमा यस वर्ष कुल ८ टोलीहरुले सहभागिता जनाउने तय भएको थियो । जसमा तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसँगै चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, बिराटनगर महानगरपालिका, ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका रहेका छन् ।

 

 

Post Comments