Province 3 साफ यु–१९ च्याम्पियनसिप नेपालले आयोजना गर्ने
गोलनेपाल

काठमाडौं । साफ यु–१९ च्याम्पियनसिपको आगामी संस्करण नेपालले आयोजना गर्ने तय भएको छ । दक्षिण एसियाली फुटबल फेडरेशन (साफ) ले आधिकारिक रुपमा यो प्रतियोगिता नेपालमा हुने घोषणा गरेको हो ।

साफले जारी गरेको सूचना अनुसार साफ यु–१९ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता अर्को वर्षको जुलाई १ देखि १३ तारीखसम्म हुनेछ । अर्थात नेपाल मिति अनुसार आगामी वर्षको असार १६ देखि २८ गतेसम्म हुनेछ ।

प्रतियोगिता नेपालमा हुने तय भए तापनि सो प्रतियोगिता काठमाडौं मै आयोजना हुने वा उपत्यका बाहिर हुने त्यसबारे पनि टुंगो लागेको छैन । साथै प्रतियोगिता स्थल र अन्य व्यवस्थापनबारे पछि एन्फाले नै निर्णय गर्ने सम्भावना छ ।

बंगलादेशले पायो दुई प्रतियोगिता आयोजनाको अवसर

त्यस्तै बंगलादेशले अर्को वर्षको फेब्रुअरी ३ देखि १४ तारीखसम्म साफ यु–२० महिला च्याम्पियनसिपको आयोजना गर्नेछ । त्यति मात्र नभएर बंगलादेशले युइएफए यु–१७ महिला च्याम्पियनसिप आयोजनाको जिम्मेवारी पनि पाएको छ । जुन २० देखि ३१ मार्चसम्म हुनेछ ।

त्यसैगरी साफ यु–१६ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको आयोजना अधिकार भुटानले पाएको छ । उक्त प्रतियोगिता आगामी वर्षको सेप्टेम्बर १ देखि १३ तारीखसम्म हुने साफले जनाएको छ ।

Post Comments