Province 3 रेकर्ड ब्रेकर ओलिभर जिरुड
गोलनेपाल

काठमाडौं (एजेन्सी) । कतारमा जारी फिफा विश्वकपमा फ्रान्सले पोल्याण्ड विरुद्ध ३–१ को उत्कृष्ट जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्दा फ्रेन्च टोलीका लागि पहिलो गोल किर्तिमानी बन्यो ।

मध्यान्तर हुनु केही मिनट अघि ओलिभर जिरुडले फ्रान्सका लागि पहिलो गोल गरे । त्यो गोल गरे लगतै उनी फ्रेन्च फुटबलको एउटा अविस्मरणीय रेकर्ड पनि ब्रेक गरे । फ्रान्सका लागि ३६ वर्षिय जिरुडको त्यो ५२औं गोल थियो । त्यो गोलसँगै फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनले आफ्नो नाम लेखाए ।

यसअघि यो किर्तिमान थिएरी हेनरीको नाममा थियो । हेनरीले फ्रान्सका लागि ५१ गोल गर्दै आफूलाई लामो समयसम्म देशको टप स्कोररका रुपमा उभ्याए । तर एसी मिलानका लागि व्यवसायीक फुटबल खेलिरहेका जिरुडले हेनरीको त्यो रेकर्ड तोड्दै जारी विश्वकपलाई थप अविस्मरणीय बनाए ।

जिरुडको यो रेकर्ड अब ढिलो चाँडो कसैले तोड्ला । तर देशका लागि उनले बनाएको यो किर्तिमान स्वर्ण अक्षरले भने लेखिन भने सफल भएको छ ।

Post Comments