Province 3 लिटिल एन्जल्सलाई युजी–७ फुटसल उपाधि
गोलनेपाल

काठमाडौं । यहाँ सम्पन्न युजी–७ अन्तरविद्यालय फुटसल च्याम्पियनसिपको उपाधिलिटिल एन्जल्स स्कुलले जितेको छ । क्याम्पियन फुटसलमा भएको फाइनलमा लिटिल एन्जल्सले रातो बंगला स्कुललाई हराउँदै च्याम्पियन बनेको हो ।

विजयी खेलाडी तथा टोलीहरुलाई ट्रफी, मेडलहरुका साथ पुरस्कृत गरिएको थियो । विधागततर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कृत गरिएको आयोजकले जानकारी दियो । क्याम्पियन स्कुल, लगनखेलको आयोजनामा भएको दुई दिने प्रतियोगितामा कुल १६ टोलीहरुले राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Post Comments