Province 3 उत्कृष्ट पूनःरागमनका साथ नेपाल फाइनलमा
गोलनेपाल

काठमाडौं । बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपतर्फ उत्कृष्ट पूनःरागमन गर्दै निर्णायक मानिएको खेलमा नेपालले बलियो भारतलाई ३–१ ले हराउँदै फाइनल स्थान पक्का गरेको छ ।

ढाका स्थित बिर श्रेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको खेलमा अग्रता भने भारतले बनाएको थियो । २१औं मिनटमा अपुर्णा नार्जरीको गोलबाट खेलमा भारतले अग्रता बनायो । तर नेपालले खेलमा उत्कृष्ट पूनःरागमन गर्यो ।

४८औं मिनटमा अन्जली चन्दले नेपालका लागि बराबरी गोल फर्काईन् । ६९औं मिनटमा कप्तान प्रिती राईले नेपालका लागि दोस्रो गोल गरिन् भने उत्कृष्ट लयमा रहेकी अमिषा कार्कीले ८९औं मिनटमा तेस्रो गोल गर्दै नेपालको उत्कृष्ट जित पक्का गरेकी थिईन् ।

नेपालले फाइनलमा सम्भवतः बंगलादेश कै सामना गर्ने निश्चित छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशले मंगलबार नै प्रतियोगिताबाट बाहिरिसकेको भुटानको सामना गर्दैछ । जुन खेलमा घरेलु टोलीलाई जित वा बराबरी पनि फाइनलमा पुग्य प्रर्याप्त बन्नेछ । फाइनल खेल भने बिहीबार हुनेछ ।

Post Comments