Province 4 बगरभाई खलक एट ए साईड अन्तरास्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको प्रमुख प्रायोजक हिमालयन ब्रुअरी
गोलनेपाल
हिमालयन ब्रुअरी प्रा. लि. ५ बर्षका लागी बगर भाईखलकले खेलाउदै आएको एट ए साईड अन्तरास्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको प्रमुख प्रायोजक हुने भएको छ।

सीजि होल्डिङका अध्यक्ष , अरुण चौधरी फाउन्डेसनका अध्यक्ष, सपोर्ट नेपालका युकेका संरक्षक एबम प्रशिद्द उद्योगपति श्री अरुण चौधरी को प्रमुख आतीत्यथामा सस्थाका अध्यक्ष श्री दिल बहादुर गुरुङ र उद्योगको तर्फ बाट हिमालयन ब्रुअरी प्रालिका प्रबन्ध निर्देशक श्री करण चौधरीले हस्ताक्षर गर्नु भएको थियो ।

सो सम्झैता अनुसार उद्योगले पाच बर्षका लागि प्रती बर्ष पाच लाख बराबरको नगद तथा जिन्सी प्रायोजन गर्ने भएको छ । सम्झौता गर्न मुख्य भुमिका निर्बाह गर्ने सहरा युकेका सस्थापक अध्यक्ष, सपोर्ट नेपाल युकेका सस्थापक सदस्य तथा अन्तर्राष्ट्रिय कोअर्डिनटर श्री नवीन गुरुङ विशेष अतिथिको रुपमा उपस्थीत हुनु हुन्थ्यो। त्यसै गरि श्रीमती शिला चौधरी ( श्री अरुण चौधरीका धर्म पत्नी) विशेष अतिथिका रुपमा रहेको सो समारोहमा पोखराका विभिन्न खेलकुद पदाधिकारी, समाज सेवि , होटल तथा रेस्टुरेन्ट सन्चालकहरु सहित करीब १०० जनाको सहभागिता रहेको थियो ।

स्मरण रहोस अब भाईखलकले खेलाउने सो प्रतियोगिताको शीर्षक प्रथम हिमालयन ब्रुअरी तथा बार्हौ बगर भाईखलक एट ए साईड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता २०७९ रहने भएको छ ।

प्रतियोगिता यहि २०७९/१०/०३ गते देखि २०७९/१०/०८ गते सम्म तदअनुसार जनवरी १७ देखि जनवरी २२ सम्म सन्चालन गर्ने निर्णय हालै बसेको कार्य समितिले निर्णय गरि सकेको छ ।
Post Comments