Province 5 फराकिलो जितका साथ फर्साटिकर क्वाटरफाइनलमा
सुरज राना मगर

सुनवल । एकतर्फी फराकिलो जित निकाल्दै फर्साटिकर युवा क्लब, रुपन्देही यहाँ जारी ल्होसार माघी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सुनवल–१० गैंडाखाल, नवलपरासी स्थित मनकामना रंगशालामा भएको प्रिक्वाटरफाइनलतर्फ फर्साटिकरले आयोजक मनकामना युवा क्लब (ए) लाई ८–१ को फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलमा फर्साटिकरका नवराज गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत पौष २४ गते शनिबारको खेल किर्तिपुर युवा क्लब र आयोजक मनकामना युवा क्लब (बी) बीच हुने प्रतियोगिता संयोजक जित पुनले जानकारी दिए ।

मनकामना युवा क्लब, सुनवल, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने माघ ८ गतेका दिन हुनेछ ।

Post Comments