Province 5 उत्कृष्ट जितका साथ किर्तिपुर क्वाटरफाइनलमा
सुरज राना मगर

सुनवल । उत्कृष्ट जित हात पार्दै किर्तिपुर युवा क्लब यहाँ जारी ल्होसार माघी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सनुवल–१० गैंडाखाल स्थित मनकामना रंगशालामा शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ किर्तिपुरले आयोजक मनकामना युवा क्लब (बी) लाई ३–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलमा पराजित मनकामनाका अमित बराल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत पौष २५ गते आइतबारको खेल सुनवल एफसी र रामग्राम स्पोर्टस क्लबबीच हुने खेल संयोजक जित पुनले जानकारी दिए ।

मनकामना युवा क्लब, सुनवल, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ ८ गतेका दिन हुनेछ ।

Post Comments