Province 5 समपुर्णको जितमा अर्जुनको ह्याट्रिक
सुरज राना मगर

तिलोत्तमा । प्रथम समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक समपुर्ण युवा क्लबले उत्कृष्ट जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा समपुर्णले दल्का युवा क्लबलाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।

सुपौली स्थित बाउन्नकोटी खेलमैदानमा सम्पन्न खेलमा समपुर्णका लागि अर्जुन पुनले ह्याट्रिक गर्दा थप एक गोल एमोस पुनले गरे । उता पराजित दल्काका लागि एक मात्र गोल टेकेन बाह्रघरेले गरेका थिए ।

खेलमा ह्याट्रिक गरेका आयोजक समपुर्णका अर्जुन पुन म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असोज १० गते सोमबारको पहिलो क्वाटरफाइनल खेल न्यु हिउचुली युवा क्लब, बोहिया र न्यु युथ युनियन क्लब, पाल्पाबीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।

समपुर्ण युवा क्लब, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि असोज १७ गतेका दिन हुनेछ ।

Post Comments