Province 5 आहाना एफसी समपुर्ण कपको सेमिफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । आहाना एफसी, बुटवल यहाँ जारी प्रथम समपुर्ण कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा आहानाले न्यु सिर्जना क्लब, करौजियालाई टाईब्रेकरमा ५–३ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

सुपौली स्थित बाउन्नकोटी खेलमैदानमा सम्पन्न निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा आहानाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा आहानाका अनिल क्षेत्री म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असोज १३ गते बिहीबारको अन्तिम क्वाटरफाइन खेल आयोजक समपुर्ण युवा क्लब, सुपौली र लुम्बिनी तिलोत्तमा फिट एण्ड फाइनल क्लबबीच हुने खेल संयोजक प्रेम पुनले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा १४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज १७ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष झविलाल थापाले जानकारी दिए ।

 

Post Comments