Province 5 न्यु राईज कपको फाइनलमा नवयुवा
सुरज राना मगर

तिलोत्तमा । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल यहाँ जारी स्व. देवी भण्डारी, स्व. लाल प्रसाद पुन र स्व. समनलाल चौधरी स्मृति तेस्रो न्यू राईज कपको फाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–१३ वभनी स्थित भूपू सैनिक आधारभुत विद्यालयको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा नवयुवाले लुम्बिनी तिलोत्तमा फिट एण्ड फाइनल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

नवयुवाका लागि दोस्रो हाफमा सुबिन सुनारले गरेको एक मात्र गोल निर्णायक बन्यो । नवयुवाले निर्धारित समयतर्फ पेनाल्टीको अवसर पनि पाएको थियो । तर कप्तान उमेश थापाको पेनाल्टी प्रहार लुम्बिनी तिलोत्तमाका गोलरक्षकले विफल तुल्याइदिएका थिए ।

खेलमा लुम्बिनी तिलोत्तमाका मनिष केप्छाकी मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत माघ ५ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक न्यू राईज युथ क्लब र समपुर्ण युवा क्लबबीच हुने खेल संयोजक सुमित मल्लाहले जानकारी दिए ।

न्यू राईज युथ क्लब, तिलोत्तमा–१३, वभनी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ ७ गतेका दिन हुनेछ ।

Post Comments