Province 5 उत्कृष्ट जितका साथ आायोजक सञ्जिवनी क्वाटरफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । उत्कृष्ट जितका साथ आयोजक सञ्जिवनी युवा क्लब जारी पाँचौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–१४, बागधुरा स्थित सञ्जिवनी खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ सञ्जिवनीले राईजिङ्ग युवा क्लबलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

खेलमा आयोजक सञ्जिवनीका एलिश मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत माघ २३ गतेको अन्तिम प्रिक्वाटरफाइनल खेल देवदह ब्वाइज र झरना स्पोर्टस क्लबबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ हात पार्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए ।

कुल १६ टोलीहरुले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन २ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष अर्जुन केसी (हापु) ले जानकारी दिए ।

 

Post Comments