Province 5 देउराली फुटसलको तयारी पूरा
सुरज राना मगर

भूमही । देउराली एस एण्ड एस कन्स्ट्रक्सन प्रा.लि. नवलपरासीको आयोजनामा हुन गईरहेको प्रथम देउराली एस एण्ड एस फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

नवलपरासी स्थित भूमही फुटसल एरिनामा यहि माघ ३ गतेका दिन हुन गईरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक गोपाल प्रधानले जानकारी दिए ।

कुल १४ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजार प्राप्त गर्ने संयोजक प्रधानले बताए । एक दिने प्रतियोगितामा विभिन्न व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता जिल्लामा फुटसल खेलको प्रवद्र्धन र स्थानीय खेलाडीहरुबीच स्वस्थ र मनोरञ्जनात्मक प्रतिस्पर्धाका लागि आयोजना गरिएको संयोजक प्रधानले बताए ।

 

Post Comments