Province 7 कर्णाली प्रदेश खेलकुद विकास परिषद्सको सदस्य सचिवमा रविन्द्र चन्द नियुक्त
गोलनेपाल

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को रिक्त पदाधिकारी तथा सदस्य पदहरूमा नियुक्ति गरेको छ।

बिहीबार बिहान ८ बजे बसेको मन्त्रिपरिषद्को बैठकले परिषद्को रिक्त रहेको सदस्य सचिव पदमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ७, सुर्खेतका रवीन्द्र चन्दलाई नियुक्त गर्ने निर्णय गरेको हो। त्यसैगरी, परिषद्को उपाध्यक्ष पदमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ५, सुर्खेतका प्रमोद हमाललाई नियुक्त गरिएको छ।

Post Comments