Province 7
कैलाली जिल्ला फुटबल संघ र धनगढी उपमहानगरपालिकाबीच सम्झौता
धनगढी । कैलाली जिल्ला फुटबल संघ र धनगढी उपमहानगरपालिकाबीच सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा ग्रासरुट फुटबल विकास कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौतापत्रमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल र कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले हस्ताक्षर गरेका छन्।
कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा रहेका १६ खेल मैदानमा बालबालिका तथा युवालाई फुटबल प्रशिक्षणको अवसर प्रदान गरिनेछ। यस पहलले स्थानीय स्तरमा फुटबलको जग बलियो बनाउनुका साथै विद्यालय तथा सार्वजनिक खेल मैदानको उपयोग बढाउन र नयाँ फुटबल प्रतिभाको पहिचान तथा विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
धनगढी उपमहानगरपालिकाले विगत दुई वर्षदेखि सञ्चालन गर्दै आएको ग्रासरुट फुटबल कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै कैलाली जिल्ला फुटबल संघले स्थानीय तहमा फुटबल विकास र प्रतिभा उत्पादनका लागि सहकार्यलाई अगाडि बढाएको छ।
Post Comments
Related News
- सुर्मादेवी महिला च्याम्पियन, ईलाईटले जित्यो पुरुष उपाधि
- महिलातर्फ सुर्मादेवी र पुरुषतर्फ संघर्ष फाइनलमा
- पुरुषतर्फ ईलाईट फाइनलमा, महिलातर्फ न्यू कालिकाको शानदार जीत; सोमबार अन्तिम सेमिफाइनल
- सुदूरपश्चिम प्रहरी र नमोबुद्ध सेमिफाइनलमा
- युवा सुन्दर शक्ति र ईलाईट पुरुष क्वार्टरफाइनलमा, सुर्मादेवी महिला सेमिफाइनलमा