Province 7 कञ्चनपुरमा अरनिको सैनिक कप हुने
गोलनेपाल

पुनर्वास । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित पुनर्वास नगरपालिका वडा नम्बर २ अरनिको बस्तीमा यही मंसिर१९ गते देखि अरनिको सैनिक कप वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्रको केन्द्रबिन्दु रहेको पुनर्वासमा फुटबलको चहलपहल बढाउने र यहाँका स्थानीय खेलाडीहरुलाई फुटबल खेलतिर उत्प्रेरित गराउने मुख्य उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

श्री अरनिको युवा क्लब, पुनर्वास नगरपालिका २,अरनिकोबस्ती कञ्चनपुरको आयोजनामा अरनिको खेल मैदानमा हुन गईरहेको प्रतियोगिताको फाइनल खेल भने पुष १ गतेका दिन हुनेछ ।

Post Comments