Province 7 जुम्लामा सात दिने एन्फा रेफ्री कोर्ष शुरु
गोलनेपाल

काठमाडौं । जुम्ला जिल्ला फुटबल संघको आयोजनामा जुम्लामा सात दिने कर्णाली प्रदेशस्तरीय एन्फा रेफ्री कोर्ष शुरु भएको छ ।

कोर्ष कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी संघीय सभा सदस्य कन्तिका सेजुवालले गरे । सो अवसरमा जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बुद थापा लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा शुरु रेफ्री कोर्षमा ३३ महिला र ३ पुरुष गरि कुल ३६ प्रशिक्षार्थीहरु सहभागी रहेको जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत थापाले बताए ।

Post Comments