South Asia मैत्रीपुर्ण खेलमा किरनको टोली माजियाको फराकिलो जित
गोलनेपाल

काठमाडौं । बन्द्र प्रशिक्षणका लागि केन्दिकोल्हुधुमा रहेको किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले शनिबार सम्पन्न एक मैत्रीपुर्ण फुटबल म्याचमा फराकिलो जित हात पारेको छ ।

स्थानीय केन्दिकोल्हुधु फुटबल क्लबसँग भएको सो मैत्रीपूर्ण फुटबल म्याचमा माजियाले ९–० को फराकिलो जित हात पारेको हो । माजियाको जितमा कप्तान असदुल्ला अब्दुलाले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै इब्राहिम हसनले दुई गोल गरे भने हसन सिफाज, हैसम हसन र मोहम्मद इरुफानले समान १–१ गोल गरे ।

नयाँ सिजनको लिगको तयारीमा रहेको माजिया हाल दश दिने बन्द प्रशिक्षणका लागि केन्दिकोल्हुधुमा छ । माजिया गत सिजनको माल्दिभियन लिग च्याम्पियन समेत हो । साथै क्लबले नयाँ सिजनकै लागि भने नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङलाई हालै अनुवन्ध समेत गरेको थियो ।

(तस्विरः माजिया)

 

Post Comments