
काठमाडौं । जारी साफ यु–१५ महिला च्याम्पियनसिपमा नेपाललाई आयोजक टोली बंगलादेशसँगको लिग चरणको अन्तिम खेल नै निर्णायक हुने भएको छ । लिग चरणको आफ्नो तेस्रो खेलमा नेपालले बुधबार भुटानलाई १–० को साँघुरो अन्तरले हरायो ।
नेपालका लागि ४९औं मिनटमा सेनु परियारले एक मात्र निर्णायक गोल गरिन् । लिग चरणको पहिलो खेलमा नेपालले भुटानमाथि ७–० को जित निकाले तापनि त्यसलाई दोस्रो लेगको खेलमा दोहोर्याउन सकेन ।
यो नतिजापछि ३ खेलबाट ९ अंक जोडेको नेपाल शिर्ष स्थानमा छ । पराजित भुटान भने अंकविहीन रुपमा पुछारमा छ र प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । बंगलादेशले भुटान विरुद्धको दुई लेगको खेलमा क्रमशः ८–० र ९–० को जित निकालेको थियो ।
यद्यपि बंगलादेशले एक खेलमा भने नेपालसँग १–० ले पराजित भएको थियो । अब नेपाल र बंगलादेश दोस्रो लेगतर्फ शुक्रबार फेरि आमने सामने हुनेछन् । यो खेल निर्णायक भिडन्त सरह हुनेछ । यद्यपि सो खेलमा नेपाललाई जित वा बराबरी मात्र पनि उपाधि जिताउन प्रर्याप्त बन्नेछ । उता बंगलादेशलाई भने उपाधि जित्नका लागि निश्चित जितको खाँचो पर्नेछ ।
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि