South Asia ३८ औं गर्भनर्स गोल्डकप : युनाइटेड सिक्किमको बिजयी शुरुवात
गोलनेपाल

सिक्किममा मंगलबारदेखि शुरु ३८ औं अल इण्डिया गर्भनर्स गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा घरेलु टोली युनाइटेड सिक्किमले बिजयी शुरुवात गरेको छ ।

गांगतोक स्थित पाल्जोर स्टेडियममा सम्पन्न उद्घाटन खेलमा सिक्किमले आर्यन्स कोलकातालाई ४–२ ले हरायो ।

यो जितसँगै युनाइटेड सिक्किम क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा सिक्किमले आर्मी (रातो) सँग भिड्नेछ ।

प्रतियोगिता अन्तरगत बुधबारको खेल नेपालको एपिएफ क्लब, काठमाडौं र जर्ज टेलिग्राफ, कोलकाताबीच हुनेछ । भोली जित हात पार्ने टोलीले क्वाटरफाइनलमा इण्डियन सुपर लिग क्लब एटलेटिको कोलकाताको रिजर्व टिमसँग खेल्नेछ ।

Post Comments