एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा

काठमाडौ । अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपको छ्नौट प्रतियोगिता सोमबारदेखि आधिकारिक रुपमा शुरु भएको छ ।
जसअन्तर्गत दक्षिण एसियाली राष्ट्र भारतले आफ्नो समुहमा फराकिलो जितका साथ छ्नौट प्रतियोगिताको शुरुवात गरेको छ ।
समूह बी मा रहेको भारतले आफ्नो पहिलो खेलमा सोमबार मंगोलियालाई १३-० को फराकिलो अन्तरले हरायो । समूह बी मा भारत र मंगोलिया बाहेक आयोजल थाइल्यान्ड, टिमोर लिस्टे र इराक रहेका छन ।
स्मरण रहोस, नेपाल भने समूह एफमा रहेको छ । जहाँ नेपालले आयोजल उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल २९ जुनका दिन लाओससँग खेल्दै छ्नौट प्रतियोगिताको शुरुवार गर्नेछ ।
Post Comments
Related News