AFC/FIFA भारत र बंगलादेश घरमै पराजित
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत दुई दक्षिण एसियाली राष्ट्र भारत र बंगलादेश घरेलु मैदान मै पराजित भएका छन् ।

समूह ए मा रहेको भारतले गुवाहाटीमा भएको अफगानिस्तान विरुद्ध दोस्रो लेगको खेलमा २–१ ले पराजित भएको हो । त्यसअघि गत साता साउदी अरेबियामा भएको पहिलो लेगको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

समूह ए मा ३ खेलबाट ९ अंक जोडेको कतार शिर्ष स्थानमा छ । र, मंगलबार राती नै कतारले कुवेतसँग खेल्दैछ । समान ४–४ अंक जोडेका भारत र अफगानिस्तान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै ३ अंक जोडेको कुवेत पुछारमा छ ।

त्यस्तै समूह आईमा रहेको अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशले ढामा भएको प्यालेस्टाइन विरुद्धको दोस्रो लेगको खेलमा १–० को हार बेहोर्यो । त्यसअघि कुवेतमा भएको पहिलो लेगको खेलमा प्यालेस्टाइनले बंगलादेशमाथि ५–० को जित निकालेको थियो ।

त्यसैगरी समूह आईमा ४ खेलबाट १२ अंक जोडेको अष्ट्रेलिया शिर्ष स्थानमा छ र तेस्रो चरणमा प्रवेश गर्न लगभग सफल भएको छ । अष्ट्रेलियाले लेबनान विरुद्धको दोस्रो खेलमा मंगलबार नै ५–० को जित निकालेको थियो । त्यस्तै ७ अंकका साथ प्यालेस्टाइन दोस्रो स्थानमा छ भने २ अंकका साथ लेबनान तेस्रो स्थानमा छ । १ अंक जोडेको बंगलादेश पुछारमा छ ।

 

Post Comments