News
शहीद रुद्र पाखिन र वासुदेव घिमिरे स्मृति मकवानपुरगढी कप हुँदै

मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा यही जेठ २५ देखि ३१ गतेसम्म शहीद रुद्र पाखिन र वासुदेव घिमिरेको स्मृतिमा मकवानपुरगढीमा तेस्रो मकवानपुरगढी कप खुल्ला ८ ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
मकवानपुरगढी गाउँपालिका–२ को कुर्लेदमारको खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुलक ५५०० रुपैयाँ तोकिएको आयोजक समितिका सदस्य बिक्रम योन्जनले जानकारी दिए । टिमदर्ता गर्ने अन्तिम मिति भने यही जेठ २४ गतेसम्म रहेको समेत आयोजकले जनाएको छ ।
दाजुभाई एफसीको सह–आयोजना तथा मकवानपुरगढी गाउँपालिका, मकवानपुरको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष बाबु लामाले जानकारी दिए ।
Post Comments