ANFA
बुढीगंगा वडा कपः वडा नम्बर १ सेमिफाइनलमा

हात्तीमुडा । साँघुरो अन्तरको जित निकाल्दै वडा नम्बर १ यहाँ जारी बुढीगंगा वडा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
आइतबार सम्पन्न तेस्रो क्वाटरफाइनलतर्फ वडा नम्बर १ ले बुढीगंगा गाउँपालिका स्कुललाई १–० को अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो ।
पहिलो हाफमा दुबै टोलिले गोल रहित बराबरी खेलेका थिए दोस्रो हाफमा वडा नम्बर १ को लागि जर्सि न १३ का रोहन भुजेलले गोल गरेका थिए । जुन गोल वडा नम्बर १ को जितमा निर्णयक गोल हुनु पुग्यो ।
बुढीगंगा गाउँ युवा परिषद्, हात्तिमुडा, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।
Post Comments