ANFA
आर.टी. धरान फाइनलमा
सुन्दरहरैचा । आर.टी. धरान फुटबल क्लब, सुनसरी मोरङमा जारी प्रथम सुन्दरहरैचा खोर्साने गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आर.टी. धरानले सतिसाले स्र्पोटिङ क्लब, मोरङलाई ३–१ ले हराउँदै उपाधि नजिक आफ्नो स्थान पक्का गरेको हो ।
आर.टी. धरानका लागि तपन कार्की, कृष्ण राई र दोर्जे तामाङले गोल गरे । उता पराजित सतिसाले स्र्पोटिङका लागि भने साजन बर्देवाले एक मात्र गोल फर्काएका थिए । खेलमा आर.टी. धरानका दोर्जे तामाङ प्लेयर अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत जेठ ७ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल सलहेश युवा क्लब, सिराहा र सुन्दर खोर्साने युवा क्लब, सुन्दरहरैचा, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)