काठमाडौं । वर्तमान नयाँ सरकारले आफ्नो कार्यसूचीमा खेलकुदलाई प्राथमिकतामा राख्दै एकता, मानव विकास, राष्ट्रिय गौरव र आर्थिक समृद्धिका आधारमा विकास गर्ने लक्ष्य लिएको छ ।
सरकारले अधुरा रंगशालाहरुलाई समयमै सम्पन्न गर्दै सातै प्रदेशमा अत्याधुनिक र पूर्णतः पहुँचयुत्तः खेल पूर्वाधारहरु निर्माण गर्ने योजना बनाएको छ । साथै खेल प्रशासनमा राजनीतिक नियुक्ति पूर्णतः खारेज गरी पेशागत नेतृत्व र पारदर्शी बजेट व्यवस्था लागु गर्ने समेत बताएको छ ।
सरकारले जारी गरेको कार्यसूचीमा विद्यालयस्तरदेखि नै प्रतिभा पहिचान कार्यक्रम मार्फत स्कुल स्पोर्टसलाई पाठ्यक्रमको अभिन्न अङ्ग बनाइने समेत बताइएको छ । त्यस्तै साहसिक खेल र अल्ट्रा म्याराथन जस्ता नेपालका मौलिक सम्भावनाहरुलाई राष्ट्रिय गौरवको रुपमा प्रवद्र्धन गर्दै निजी लगानी प्रोत्साहित गरिने लक्ष्य समेत लिइएको छ । अपाङ्गमैत्री खेल पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने पनि कार्यसूचीमा उल्लेख छ ।
त्यसबाहेक खेलकुद क्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने, त्रिभुवन विश्वविदालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अपग्रेड गरिने, नेपाललाई दक्षिण एसियाली खेलकुदको हबको रुपमा स्थापित गरिने समेत उल्लेख छ ।

- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान
- एन्फा भन्छ “राखेपको निलम्बनले थुप्रै प्रतियोगिताहरु प्रभावित”, नेपाल र लाओस बीचको खेल पनि अन्यौलमा