ANFA सम्झना, सयपत्री र अमुवाको जित
गोलनेपाल

तुल्सीपुर । रुपन्देहीमा जारी चौथो डिएमसी कप अन्तर्गत कार्तिक ९ गते सोमबार सम्पन्न तीन खेलहरुमा सम्झना युवा परिवार, सयपत्री युवा क्लब र अमुवा एफसीले जित हात पारेका छन् ।

तिलोत्तमा–९, तुल्सीपुर स्थित गौतम बुद्ध माविको खेलमैदानमा भएको दिनको पहिलो खेलमा सम्झनाले जागृति क्लब सखुवानीलाई ४–१ ले पराजित गर्यो । खेलमा सम्झनाका निखिल नेपाली प्लेयर अफ द म्याच बने ।

दोस्रो खेलमा सयपत्रीले न्यु एकता युवा क्लबलाई २–१ ले हराउँदै दोस्रो चरणमा स्थान बनायो । खेलमा सयपत्रीका सुरज गुरुङ प्लेयर अफ द म्याच घोषित भए ।

त्यस्तै तेस्रो खेलमा अमुवाले आयोजक डिएमसी (रातो) लाई १–० ले पराजित गर्यो । खेलमा अमुवाका मनोज नेपाली प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत कार्तिक १० गते मंगलबार पनि तीन खेलहरु हुने खेल संयोजक प्रबिन गुरुङले जानकारी दिए ।

दुर्गा मन्दिर युवा क्लब (डिएमसी), तिलोत्तमा–९, तुल्सीपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक प्रबिन गुरुङले जानकारी दिए । फाइनल खेल कार्तिक १६ गतेका दिन हुनेछ ।

Post Comments