ANFA मोरङको योङ ब्वाइज एकतप्पा गोल्डकपको फाइनलमा
रमेश समदर्शी

एकतप्पा, इलाम । उपाधिको दाबेदार टोली हाङमाचुली एफसीमाथि साँघुरो जित निकाल्दै मोरङको योङ ब्वाइज एफसी

इलामको फाकफोकथुम ७ स्थित सिकारी भञ्ज्याङमा जारी चौथो एकतप्पा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

स्थानीय सिंहदेवी माविको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा योङ ब्वाइजले हाङमाचुलीलाई १-० गोलले पराजित गर्दै उपाधिको दाबेदारी प्रस्तुत गरेको हो । योङ ब्वाइजका लागि ४९औँ मिनेटमा जेनिथ बरालले निर्णायक गोल गरेका हुन् ।

गोल गरेको खुसी साट्न नपाउँदै दोहोरो पहेँलो कार्डपछि रातो कार्ड पाउँदै जेनिथ मैदान छाड्न बाध्य बनेका थिए । खेलको प्लेयर अफ दी म्याच योङ ब्वाइजका बादल तामाङ घोषित भए । उनले नगद १ हजारसहित ट्रफी पाए ।

Post Comments