ANFA ताप्लेजुङको मिक्वाखोलामा आजदेखि अलैँची कप फुटबल प्रतियोगिता सुरु हुँदै
गोलनेपाल

मिक्वाखोला । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवा स्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्य फङफङदेन झरनामा आज देखि फङफङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला सुरु हुँदैछ।

ताप्लेजुङको पहिचान र प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको प्रवर्द्धनसँगै प्राकृतिक सम्पदाले भरिपूर्ण फङफङदेन झरनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले आयोजना गरिएको मेलाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउॅने अपेक्षा गरिएको छ ।

फङफङदेन झरना पर्यटन विकास समितिको आयोजनामा मंसिर २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको मुख्य आकर्षणका रूपमा अलैँची कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता रहेको छ। यसका साथै स्थानीय कला, संस्कृति, भेषभूषा र मौलिक पहिचान झल्किने सांस्कृतिक तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त गायक गाइकाहरूको साथमा सांगीतिक कार्यक्रम समेत आयोजना गरिएका छन्।

पुरुष फुटबल प्रतियोगितामा आयोजक सहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा आयोजक फङफङदेन झरना पर्यटन विकास समिति, अप्पर मेवा हाइड्रो पावर काठमाडौं, कुम्मायक गाउँपालिका पाँचथर, खोक्लिङ सामाजिक युथ क्लब मिक्वाखोला–२ ताप्लेजुङ, फेदाप गाउँपालिका तेह्रथुम, सैनिक युथ क्लब झापा, ग्रीन भ्याली युथ क्लब मेरिङ्देन–६ नाल्बु र मरिक एफसी धरानको सहभागिता रहनेछ।

आज मंसिर २ गते भव्य उद्घाटन समारोह सॅगै प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेल हुनेछ। उद्घाटन खेलमा आयोजक फङफङदेन झरना पर्यटन विकास समिति ताप्लेजुङ र अप्पर मेवा हाइड्रोपावर काठमाडौं बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले नगदको सट्टा ३ लाख दुई हजार ८३ रुपैयाँ बराबरको अलैँची प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५२ हजार ८३ रुपैयाँ बराबरको अलैँची पुरस्कार पाउनेछ। त्यस्तै, प्रत्येक खेलका उत्कृष्ट खेलाडी अर्थात् प्लेयर अफ द म्याचलाई ३ हजार रुपैयाँ बराबरको अलैची पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। ताप्लेजुङको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको प्रमुख नगदेबाली अलैँचीलाई खेलकुद र पर्यटनसँग जोडेर यसको बजार, महत्त्व र पहिचानलाई थप विस्तार गर्ने मेलाको विशेष उद्देश्य रहेको छ। अलैँची उत्पादनका लागि प्रख्यात ताप्लेजुङको मौलिक कृषि उत्पादनलाई राष्ट्रिय स्तरमा चिनाउनुका साथै प्राकृतिक सौन्दर्यको अनुपम उपहार फङफङदेन झरनालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य आयोजकले लिएको छ।

मेलाका अवसरमा खेलकुद र मनोरञ्जनसँगै स्थानीय संस्कृति, पर्यटन र कृषि उत्पादनको प्रवर्द्धनलाई समेत प्राथमिकता दिइएको छ। यसले स्थानीय व्यवसाय, पर्यटन गतिविधि र आर्थिक कारोबारमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

फुङफुङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाका अनुसार अलैँचीको प्रवर्द्धन तथा फुङफुङदेन झरनाको पर्यटकीय महत्त्वलाई व्यापक रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले विगत तीन वर्षदेखि निरन्तर मेला आयोजना हुँदै आएको छ।

मंसिर २ गतेदेखि सुरु भएको पुरुष फुटबल प्रतियोगिता मंसिर ६ गते सम्पन्न हुनेछ। प्रकृति, संस्कृति, खेलकुद र ताप्लेजुङको पहिचान अलैँचीलाई एउटै उत्सवमा जोड्ने यस मेलाले फङफङदेन

Post Comments