News प्रथम सदाबहार मेघौली गोल्डकपमा गोल्डेन इमिनेन्टसूर्यपुर एफसीलाई सफलता
गोलनेपाल

मेघौली । प्रथम सदाबहार मेघौली गोल्डकप अन्तर्गत आज सम्पन्न खेलमा गोल्डेन इमिनेन्टसूर्यपुर एफसीले फर्साटिकर युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ।

प्रतिस्पर्धात्मक खेलको २८औँ मिनेटमा समिप ढकालले गोल गर्दै सूर्यपुरलाई अग्रता दिलाएका थिए। ४०औँ मिनेटमा आशीष जिसीले गोल गर्दै फर्साटिकरलाई खेलमा फर्काए। तर, ४५औँ मिनेटमा समिप ढकालले व्यक्तिगत दोस्रो गोल गर्दै सूर्यपुरलाई पुनः अग्रता दिलाए।

त्यसैगरी, ५८औँ मिनेटमा सलिल ढकालले थप एक गोल गरेपछि सूर्यपुरले ३–१ को सहज जित दर्ता गर्‍यो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोल्डेन इमिनेन्ट सूर्यपुर एफसीका समिप ढकाल म्यान अफ द म्याच घोषित भए। उनले नगद रु. २,००० प्राप्त गरे।

प्रतियोगिताको विजेताले नगद रु. २,०२,२२२ तथा उपविजेताले रु. १,०१,१११ प्राप्त गर्नेछन्।

Post Comments