ANFA पोखरा आइपुग्यो राइजिङ क्लब
गोलनेपाल

पोखरा । बहुप्रतिक्षित ए डिभिजन फुटसल लिग खेल्न पुर्वेली टोली द राइजिङ क्लब, धरान पर्यटकीय शहर पोखरा आइपुगेको छ । असोज २ गतेदेखि शुरु हुन गईरहेको फुटसल लिगको उद्घाटन खेलमै द राइजिङ क्लबले स्काइ गोल्स, काठमाडौंसँग खेल्ने कार्यक्रम छ ।

त्यस्तै प्रतियोगिताको पहिलो दिन नै घरेलु टोली स्पोर्टस क्यासल, पोखरा र प्रभातफेरी युथ क्लब, काठमाडौं पनि भिड्दै छन् । फुटसल लिगका लागि पोखरा पुगेको धराने टोलीलाई एन्फा फुटसल प्रमुख बिनोद गुरुङ लगायत अन्य पदाधिकारीहरुले स्वागत गरेका थिए ।

देशभरिबाट छनौट भएर आएका उत्कृष्ट १० टोलीहरुको सहभागिता रहने फुटसल लिग आउँदो असोज २२ गतेसम्म चल्नेछ । लिग विजेताले उपाधिसहित १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments