ANFA तिजोग आत्मानन्द कपको सेमिफाइनलमा
गोलनेपाल

इलाम । प्रभावशाली जितका साथ तिजोग युवा क्लब, पाँचथर जारी आत्मानन्द कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तिजोगले तेस्रो क्वाटरफाइनलतर्फ चारतारे युवा क्लब, मोरङलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । तिजोकको जितमा भुवन बस्नेतले दुई गोल गरे भने थप एक गोल मिन धिमालले गरे । उता पराजित चारतारेका लागि सागर तिवारीले एक मात्र गोल फर्काए ।

खेलमा तिजोगका लागि दुई गोल गरेका भुवन बस्नेत म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१६९ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०५,१६९ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments