ANFA शुभ प्रभात र ब्वाईज युनियनको जित
गोलनेपाल

फिदिम । दोस्रो चासोक तङनाम कप नकआउट फुटबल प्रतियोतिामा शुभ प्रभात एफसी र ब्वाईज युनियनले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

कांसोरे खेलमैदानमा भएको खेलतर्फ शुभ प्रभातले छिन्तापु क्लबलाई २–१ ले हरायो । शुभ प्रभातका लागि योगेश लिम्बुले दुवै गोल गरे । उता पराजित छिन्तापुका लागि सोनम राईले एक मात्र गोल फर्काएका थिए । खेलमा शुभ प्रभातका योगेश लिम्बुले म्यान अफ द म्याच चुनिए ।

अर्को खेलमा ब्वाइज युनियनले श्री महादेव गुप्तेश्वर माविलाई समान २–१ ले हरायो । ब्वाइज युनियनका लागि सुवास राईको नाममा दुवै गोल रह्यो । उता महादेव गुप्तेश्वरका लागि मदन राईले गोल गरे । खेलमा ब्वाइज युनियनका सुवास तामाङ म्यान अफ द म्याच घोषित भए ।

आनी साक्थिम क्लब, फिदिम, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल २२ गतेका दिन हुनेछ ।

Post Comments