ANFA
मकवानपुर, ललितपुर र काठमाडौं सेमिफाइनलमा

हेटौडा । दोस्रो बागमती प्रदेश खेलकुदको पुरुष फुटबलतर्फ घरेलु टोली मकवानपुर, ललितपुर र काठमाडौं सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पिप्ले क्याम्पा रंगशालामा भएको क्वाटरफाइनल भिडन्तफतर्फ मकवानपुरले चितवनलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भयो ।
त्यस्तै अन्य क्वाटरफाइनलतर्फ ललितपुरले नुवाकोटलाई तथा काठमाडौंले भक्तपुरलाई प्रतिस्पर्धात्मक खेलको टाईब्रेकरमा हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भएको हो ।
प्रतियोगिता अन्तरगत जेठ ११ गते दिनको २ बजेदेखि हुने पहिलो सेमिफाइनलमा काठमाडौं र ललितपुर भिड्ने छन् भने ४ बजेदेखि शुरु हुने दोस्रो सेमिफाइनलमा मकवानपुर र काभ्रेपलाञ्चोक भिड्ने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो