
बुटवल । आदर्श युवा क्लब, बुटवल–१५, उजेलापुरको आयोजनामा यही असोज २० गतेदेखि स्व. गंगा कुमारी मल्ल स्मृति आदर्श कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
बुटवल–१५, उजेलापुर स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको यही असोज १८ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५००० तोकिएको छ ।
बुटवल–१५ निवासी स्व. गंगा कुमारी मल्लको स्मृतिको उनको स–परिवारद्वारा प्रायोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रचार प्रसार संयोजक सुजन ठकुरीले बताए ।
विजयादशमी कै अवसर पारी आयोजना हुन गईरहेको प्रतियोगिताको तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद १० हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यसवाहेक व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको मनिष काफ्लेले जानकारी दिए ।
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने