
बसडिलवा । नवयुवा क्लब र डिवाइसी रुपन्देहीको मायादेवी गाउँपालिकामा जारी प्रथम मायादेवी कप सिक्स ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मायादेवी गाउँपालिका–८ बसडिलवा स्थित स्थानीय खेलमैदानमा भएको पहिलो खेलमा नवयुवाले सेमरी फुटबल क्लबलाई ३–० ले हरायो भने दोस्रो खेलमा डिवाइसीले शिवशक्ति क्लब क्लबलाई २–० ले पराजित गर्यो ।
सोही अवसरमा एक कार्यक्रमका बीच रुपन्देहीका अन्तर्राष्ट्रिय खेलाडी बिशाल सुनार तथा जिल्ला कै फुटबल अभियन्ता तथा युवा समाजसेवी सुबिन सेन ठकुरीलाई पनि सम्मान गरिएको थियो ।
मायादेवी युवा क्लब, मायादेवी गाउँपालिका–८, बसडिलवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेृ खेल संयोजक गणेश शाही ठकुरीले जानकारी दिए ।
मायादेवी गाउँपालिकासहित मायादेवी वार्ड नम्बर ८ को कार्यालय, मायादेवी ब्रेस्ट केयर सेन्टर, रुपन्देही, होटल यात्री, भैरहवा, एक्सपर्ट ऐजुकेशन, भैरहवा, फ्युचर लाईट इङलिस स्कुल, रुपन्देही तथा किंग्स क्याफे, भैरहवाको विशेष सहयोग र प्रायोजन रहेको प्रतियोगिताको विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । फाइनल खेल आउँदो असार २८ गतेका दिन हुनेछ ।