सुपौली । दावेदार मध्ये एक मानिएको फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कपको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
मंगलबार भएको तेस्रो क्वाटरफाइनलतर्फ फर्साटिकरले न्यु राईज युथ क्लब, बभनीलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
समपुर्ण खेलमैदानमा भएको खेलमा फर्साटिकरका लागि आशिष राना, कृष्ण राना, बलराम न्यौपाने र अवतार थापाले गोल गरे । खेलको म्यान अफ द म्याच भने फर्साटिकर कै टिकाराज गुरुङ घोषित भए । उनले पुरस्कार वापत नगद १००० र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तर्गत मंसिर २० गते बुधबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल आहना फुटबल क्लब, बुटवल र सञ्जिवनी युवा क्लब, बागधुराबीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।
तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब। गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।
समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि