
कोबेक । मुनाल युवा क्लब र लालीगुराँस युवा क्लब यहाँ जारी तेस्रो सनराईज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
म्याङलुङ–८, कोबेक स्थित स्थानीय खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा मुनालले ए.वाई.सी. लाई शून्यका विरुद्ध १ गोलले हरायो । मुनाका लागि निरज परियारले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने मुनाल कै नितेश लिम्बु चुनिए ।
त्यस्तै दोस्रो सेमिफाइनलमा लालीगुराँसले एम.वाई.सी. लाई समान शून्यका विरुद्ध १ गोलले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । लालीगुराँसको जितमा समिप लिम्बुले निर्णायक गोल गरे । निर्णायक गोलकर्ता लिम्बु नै खेलको म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत मंसिर २० गते हुने फाइनलमा मुनाल युवा क्लब र लालीगुराँस युवा क्लब उपाधिका लागि भिड्ने छन् ।
सनराईज युवा क्लब, म्याङलुङ–८, कोबेक, तेह्रथुमको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ३० हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्नेछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय