ANFA झापाबाट साफ यु-१७ मा २६ खेलाडी छानिए (नामावलीसहित)
रमेश समदर्शी

शनिश्चरे । साफ यु-१७ का लागि झापाबाट २६ जना खेलाडी छानिएका छन् । छनौटका लागि झापाबाट ३१५ जना सहभागी थिए । झापा जिल्ला फुटबल संघले असार १२ गते खेलाडी छनौटको आह्वान गरेको थियो । छनौटमा परेका खेलाडीले असार २० गते प्रदेशस्तरीय छनौटमा प्रतिस्पर्धा गर्नुपर्ने जनाइएको छ ।

नमुना खेलमैदानबाट छानिएका खेलाडीहरुमा आर्यन साम्पाङ राई, आदित्य ढुंगेल, इन्सान लिम्बू, सौगात मगर, सौरभ बिक, सुमन दर्जी, विपिन खड्का, सन्देश जबेगु, राजेश बेस्रा, निरज मल्ल, सन्जिप राई, केसाङ लिम्बू र विश्वास खतिवडा रहेका छन् ।

यसैगरी, विक्रम मुर्मू, विवेक तामाङ, उज्वल थेगिम, सनम कडरिया, जोन विष्ट, प्रज्वल सुवेदी, अर्जुन बिक, आयुश चौधरी, मुस्कान बिक, राजकुमार मर्डी, जिजन बिक, दाउत लिम्बू र अतित श्रेष्ठ छनौटमा परेको फुटबल संघले जनाएको छ ।

असोज २ गतेदेखि १२ गतेसम्म भुटानमा हुने साफ यु-१७ तथा एएफसी यु-१७ एसियन कप क्वालिफायर्स २०२४ का लागि खेलाडी छनौट गरिएको हो ।

यसअघि काठमाडौँमा हुने साफ यु-२० च्याम्पियनसीप तथा एएफसी यु-२० एसियन कप क्वालिफायर्स २०२४ का लागि झापा जिल्लाबाट १४ जना खेलाडी छनौट भएका थिए ।

Post Comments