News
भोजपुर: चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश
भोजपुर, वैशाख १९ - आठौं अन्तर्राष्ट्रिय आमन्त्रण भोजपुर मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडले खोटाङ भगवतीलाई १-० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
आज भएको प्रतिस्पर्धात्मक खेलमा चर्चका लागि निर्णायक गोल समिर तामाङले पहिलो हाफमै गरेका थिए। उत्कृष्ट प्रदर्शन गरेका समिर तामाङ खेलको ‘प्लेयर अफ दी म्याच’ पनि घोषित भए।
प्रतियोगिताको फाइनल खेल भोलि हुने भएको छ।
फाइनलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेड र विभागीय टोलि एफ.ए.एफ. फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
Post Comments
Related News
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा